एनबीयु-मा पश्चिमबंग तृणमूल छात्र परिषदद्वारा विरोध प्रदर्शन

सिलगढी (निसं): राज्यपालले तानाशाही रवैया देखाएको आरोप लगाउँदै यसको विरूद्ध उत्तरबंग विश्वविद्यालयमा पश्चिमबंग तृणमूल छात्र परिषदले आज विरोध प्रदर्शन गऱ्यो। यस अवधि तृणमूल छात्र परिषदका राज्य अध्यक्ष त्रिनाङ्कुर भट्टाचार्य लगायत जिल्ला एवं राज्य स्तरीय नेताहरू उपस्थित थिए। राज्य अध्यक्ष त्रिनाङ्कुर भट्टाचार्यले भने, यस विरोध कार्यक्रमको उद्देश्य राज्यको उच्च शिक्षा प्रणालीलाई बचाउनु, विश्वविद्यालयहरूलाई चालू राख्नु अनि विद्यार्थीहरूको हितमा रक्षा गर्नु रहेको छ। यो विरोध कार्यक्रम उत्तरबंग विश्वविद्यालयबाट शुरू भएको छ। आगामी शुक्रवारसम्म राज्य भरिको 22 वटा विश्वविद्यालयमा विरोध कार्यक्रम आयोजित गरिने छ। तिनले राज्यपालको तानाशाही रवैया विरूद्ध आगामी दिनहरूमा राजभवन घेराउ गर्ने पनि चेतावनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *