एनसीसी दार्जिलिङ युनिटद्वारा मङ्पुमा आजदेखि सीएटीसी क्याम्प शुरू

मङ्पु: दार्जिलिङ ग्रुप हेडक्वार्टर अन्तर्गत 5 बङ्गाल बटलाइन एनसीसी दार्जीलिङ युनिटद्वारा एसडब्ल्यु एसडी-को निम्ति सीएटीसी क्याम्प कोरोनाको सबै नियमहरूलाई पालन गर्दै आजदेखि मङपु सरस्वती उच्चतर माध्यमिक विद्यालयमा आरम्भ गरिएको छ। कर्नल एएस बाली (एसएम) ले स्वागत भाषण गरेपछि सुरु भएको क्याम्पमा 400 जना पहाडका विभिन्न कलेजका क्याडेट्स, एएनओ, सीटीओ साथै पीआई स्टाफहरूको उपस्थिति रहेको क्याम्पमा नानीहरुले ड्रिल, म्याप रिडिङ, लडाइँको मैदानमा अप्नाइने तकनिक, फाइरिङ आदिको प्रशिक्षण लिइने मौका पाउने भएका छन्।


यसको साथै डिबेट, सांस्कृतिक कार्यक्रम, हाजिरी जवाब प्रतियोगिता तथा अन्य विभिन्न विषयमा पनि नानीहरुले आफ्नो दक्षता देखाउने मौका प्राप्त गर्ने छन्। उक्त क्याम्पबाट नै आगामी 26 जनवरी 2022 मा आरडीसी क्याम्पको निम्ति छनौट गरिने छ। यसको साथै यहाँ क्याम्पमार्फत नै फाइरिङ प्रतियोगिताको निम्ति पनि छनौट गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *