एनसीसी-को 10 दिने सीएटीसी शिविर मङपु सरस्वती विद्यालयमा जारी

मङ्पु: दार्जिलिङ ग्रुप हेडक्वार्टर अन्तर्गत 5 बङ्गाल बटलाइन एनसीसी दार्जीलिङ युनिटद्वारा एस डब्लू/एसडी-को निम्ति गत 5 सेप्टेम्बरदेखि मङपु सरस्वती विद्यालयमा प्रशिक्षण शिविर सम्पन्न भइरहेको छ। आगामी 14 सेप्टेम्बरसम्म चल्ने उक्त प्रशिक्षण शिविरमा मोठ पहाडको 8 वटा कलेज अनि 2 वटा विद्यालयका नानीहरुले अंशग्रहण गरेका छन्। कर्णल एसएस बालीको नेतृत्वमा शुरु गरिएको सीएटीसी क्याम्पमा विभिन्न विद्यालयका नानीहरुले ड्रील, म्याप रिडिङ, लडाईको मैदानमा प्रयोग गरिने तक्निकी लगायत सांस्कृतिक कार्यक्रमसँगै विभिन्न विद्यालय माझ हाजिर जवाब प्रतियोगिताको पनि आयोजना भइरहेको छ। यसैगरी, तिनीहरूलाई फुटबल,भलिबल अनि अन्य खेलको पनि प्रशिक्षण दिइरहेको छ।


 

स्मरण रहोस, मङपु सरस्वती उच्चत्तर माध्यामिक विद्यालयले यसै बर्ष देखि एनसीसी-मा अन्तर्भुक्त गर्ने मौका पाएको थियो भने जिल्लाभरिका विद्यालयलाई लिएर प्रथमपल्ट नै सीएसटीसी क्याम्प राख्ने सौभाग्य सरस्वती विद्यालयले पाएको प्रधान अध्यापिका चन्द्रकला राईले बताइन्। यस 10 दिने एनसीसी दशदिने प्रशिक्षण शिविरमा सहयोग पुऱ्याउने सिन्कोना बगान ब्यवस्थापक अनि बगान निर्देशक डा. समुएल राई, कर्णल एएस बाली, मङपु आउट पोस्ट प्रभारी बिजय थामी, भेटरेन फुटबल क्लब मङपु अनि प्रशिक्षण क्याम्पमा आएका सम्पूर्ण अधिकारीहरूलाई प्राध्यापिका चन्द्रकला राईले आभार व्यक्त गरेका छन्। उक्त प्रशिक्षण शिविरमा साउथ फिल्ड कलेज, नर्थ पोइन्ट कलेज, घुम जोरबङ्लो कलेज, मिरिक कलेज, खरसाङ कलेज, सुनदाह कलेज, कालेबुङ कलेज, दार्जिलिङ सरकारी कलेज लगायत बिजनबारीको रेलिङ उच्चत्तर माध्यमिक विद्यालय र मङपु सरस्वती उच्चत्तर माध्यमिक विद्यालयका धेरै संख्यामा विद्यार्थीहरुले अंशग्रहण गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *