एनडीए प्रार्थी श्रीमती द्रौपदी मुर्मूलाई समर्थन जनाउने एसकेएम-को निर्णय

गान्तोक: आगामी 18 जुलाईको दिन सम्पन्न हुने राष्ट्रपति चुनाउमा राज्यको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले एनडीए-का प्रार्थी श्रीमती द्रौपदी मुर्मूलाई समर्थन जनाउने चुडान्त निर्णय लिएको छ। आज गान्तोकको मिन्तोकगाङमा सम्पन्न सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको 14औं विधानमण्डलको बैठकमा सर्वसहमति अनुसार उक्त निर्णय लिइएको छ। राज्यका मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अध्यक्ष प्रेमसिंह तामाङको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका विधायकगण, सांसद, मुख्यमन्त्रीका सल्लाहकारगण, मुख्यमन्त्रीका राजनीतिक सचिव, मुख्यमन्त्रीका प्रेस सचिव आदिको प्रमुख रूपमा उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *