एनडीआरएफ टीमले गर्यो महानन्दा घाटको परिदर्शन

सिलगढी : एनडीआरएफ टोलीले आज महानन्दा नदी घाटको परिदर्शन गर्यो। उक्त टोलीले आज नदीको गहिराई लगायत विभिन्न विषयको निरीक्षण गर्यो। एनडीआरएफ टोलीको परिदर्शनपछि मात्र छठ पुजाको अनुमति दिइने प्रशासनले आशा साँचेको छ। सिलगढी नगरनिगमको पहलमा महानन्दा नदी किनारमा सौन्दर्यीकरणको कार्य चलिरहेको छ भने उक्त कार्य लगभग समाप्त हुन लागेको छ। नदी किनारमा रेलिङ बनाएकोले छठ व्रतीहरूलाई समस्या उत्पन्न भइरहेकोले गर्दा छठ पुजालाई लिएर हालसम्म असमजञ्सको स्थिति बनेको छ। तथापि, एसजेडीएले चाँडै समस्याको समाधान गर्ने आश्वासन दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *