नेहुर बालासनमा आँखा जाँच शिविर सम्पन्न

खरसाङ : नेहुर बालासन बीच गाउँ कोपिला स्वनिर्भर समूह अनि नर्थ ईस्ट हेल्थ ईम्प्रुमेन्ट ट्रस्ट सामाजिक संस्थाको आयोजनामा आँखा जाँच शिविर सम्पन्न गरियो। शिविरमा मोठ 115 जना रोगीहरुले आँखा जाँच गराए। कोपिला स्वानिर्भर दलको यो दोस्रोपल्ट आँखा जाँच शिविर रहेको संस्थाका सभानेत्री प्रेमकला तामाङले जानकारी दिइन्। कोपिला समूहले आफ्नो ग्राम पञ्चायत अन्तर्गत अन्य गाउँमा पनि असाह्य परिवारलाई सहयोग पुराउँदै आइरहेको छ भने कोविदको महामारीको समयमा पनि गाउँ घर साफ सफाई, सेनिटाइजर, बिमारी परिवारलाई राहत प्रदान गरेको थियो भनी थप तिनले जानकारी दिइन्। आजको शिविरमा विशेष गरेर आँखा जाँच गर्न डा. आलोक मण्डल साथै डा.आमरेश मण्डल उपस्थित थिए भने कोपिला स्वानिर्भर दलका सदस्यहरू सुनिता थापा, विन्ध्या तामाङ, सजिता तामाङ, मुनु तामाङ, सरिता बीके, कृपा तामाङ ,जोशना थापा आदि उपस्थिति थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *