नेहुर बालसनका मेरी गोल्ड युथ क्लबद्वारा गाउँमा सफाई अभियान

सोनादा : टुङ्ग सन्त मेरिज समष्टी अन्तर्गत नेहुर बालसनका मेरी गोल्ड युथ क्लबद्वारा गाउँ घरमा सफाई अभियान गरियो। हाल महामारीको समय गाउँका युवाहरू आफ्नो स्कुल कलेज बन्द भएकोले कुलततिर नजावोस् भन्ने उद्देश्यले आज गाउँ घरमा साफ-सफाई गर्ने कामहरू गरिरहेका छन्। नेवर बालसनका युवाहरूले गरेको गाउँ घरहरू साफ- सफाई अभियानमा तिनीहरुलाई गाउँका मनिसहरूले पनि सहयोग पुर्याइरहेका छन्। गाउँलेहरूले मेरी गोल्ड युथ क्लबका सबैलाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *