नेपालबाट भारत भित्र्याइरहेको अवैध 110 लीटर डीजल सहित एकजना पक्राउ

खोरीबारी : एसएसबी 19औँ बटालियन अन्तर्गत समवाय सुखानी गश्ती पार्टीद्वारा नेपालबाट अवैध रूपमा भारत भित्र्याइरहेको डीजल जफत गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति 30 वर्षीय सुकारुद्दीनको रूपमा चिन्हित गरिएको छ। एसएसबी 19औँ बटालियनले दिएको जानकारी अनुसार एसएसबीका जवानको गश्ती पार्टीले नेपालतर्फबाट अवैध रूपमा 110 लीटर (एचएसडी) डीजल ल्याइरहेको एउटा बाइकलाई बार्डर पिलर संख्या 119/12 नजिक जफत गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। आवश्यक कार्वाहीपछि जफत गरेको डीजल, बाइक र पक्रा परेका व्यक्तिलाई गलगलिया कस्टमलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *