नेपाल भित्र्याइरहेको स्पेयर पार्ट्ससहित एकजना व्यक्ति पक्राउ

खोरीबारी : एसएसबी 41औँ बटालियनको जोरलाजोत क्याम्पका जवानहरूले गोप्य सूचनाको आधारमा अवैध रूपमा नेपाल लगिरहेको स्पेयर पार्ट्ससहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति विजय मुर्मुको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा एसएसबीले पिलर संख्या 94/4 देखि 94/5 बीच गश्ती अभियान चलाइरहेको समय दुईजना व्यक्ति भारतीय सीमाबाट  नेपालतर्फ गइरहेको देखेपछि एसएसबीका जवानहरूले ती दुई व्यक्तिलाई रोक्ने प्रयास गरे। यसैबीच अँध्यारोको फाइदा उठाएर एकजना व्यक्ति भाग्न सफल भए तापनि अन्य एकजनालाई पक्रेर छानबीन गर्दा ब्यागमा धेरै मात्रमा स्पेयर पार्ट्स  उद्धार गरेको बताइएको छ। उक्त समानहरूको वैध कागजपत्र नभएकोले एसएसबीले उक्त व्यक्तिलाई पक्राउ गरेर आवश्यक कार्वाही गरेपछि जफत गरेको समानहरूसहित उक्त व्यक्तिलाई पानीट्याङ्की कस्टमलाई सुम्पिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *