नेपाली सिनेमा जगतका चर्चित कलाकारहरूलाई मङ्पुमा भव्य स्वागत

मङपु: नेपाली चलचित्र जगतका ख्याती प्राप्त नायक बुद्धि तामाङ, चलचित्र निर्देशक अनमोल गुरुङ, नायिका सुरक्षा पन्त लगायत अन्य कलाकारहरूलाई आज मङपुको नालीडाँडामा स्थानीय जनताद्वारा भव्य स्वागत जनाइयो। स्थानीय नानीहरुले सांस्कृतिक भेषभुषामा सजिएर नायक बुद्धि तामाङ(हैट), नायिका सुरक्षा पन्थ, चलचित्र निर्देशक अनमोल गुरुङ सहित सम्पुर्ण कलाकारहरूलाई खदाअर्पण गरेर भव्यताको साथ स्वागत जनाए। प्राप्त जानकारी अनुसार यी सबै कलाकारहरु दुई दिनसम्म मङपुमा नै बस्ने भएका छ्न् भने नेपाली चलचित्रको छाँयाङ्कनको निम्ति तिनीहरु मङपु आइपुगेको बताइएको छ। उक्त सिने टोलीमा नायिका रिया भुजेल लगायत चर्चित गायिका स्नेहाश्री थापा, सानिध्य थापा, सिदार्थराज तामाङ, निर्मल मंगर, पुस्कर सिङगर, हिस्से भुटिया, जोना फोटोग्राफी, सीड ब्लक्स आदि सामेल छन्। मङपुको आर्ट एकडेमीको सहकारितामा उमेश “उपमा” द्वारा रचित अनि संगीतबद्ध गरिएको गीतको छाँयाङ्कन मङपुको रम्बी बीचकमानमा भोलीदेखि शुरु हुनेछ। उक्त उपमा म्युजिक भिडियोमा स्थानीय कलाकारहरूको पनि सहभगिता रह्ने छ भने यस म्युजिक भिडियोको निर्देशक अनमोल गुरुङ रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *