नेपाली क्रिश्चियन मिडियाकर्मीहरूको सञ्चारका मित्रहरूको सभा सिलगढीमा सम्पन्न

सिलगढी : नेपाली क्रिश्चियन मिडियाकर्मीहरुको संस्था सञ्चारका मित्रहरूका सभा सिलगढीको बाबुबासास्थित हिमाली शालोम चर्चमा सम्पन्न भयो। उक्त सभा अन्तर्राष्ट्रीय नेपाली क्रिश्चियन मिडिया सञ्चालको संयोजक पास्टर रमेश लामाको अध्यक्षता अनि सञ्चारका मित्रहरूको सचिव निमा लेप्चाको सञ्चालनमा सम्पन्न भयो। शुरुको प्रार्थना एल्डर राजु राईले गरेपछि सभामा सञ्चार मित्रहरूका रिक्त रहेको सभापति पदमा एल्डर राजु राई र कोषाध्यक्षको पदमा मोजेस सन्यासीलाई मनोनित गरियो। यसैगरी, उप सभापतिको रुपमा पास्टर बिजय सुब्बाको नामलाई प्रस्ताव राखिएको छ। आजको सभाको निर्णय अनुसार अब आगामी सभा 27 नोभेम्बरको दिन हुने भएको छ। आजको सभाको निर्णय अनुसार आगामी सभामा सञ्चारका मित्रहरुको दर्शन, मिशन र उद्देश्य विषयमा प्रोजेक्ट तयार पारेर देखाउने भएको छ। आजको सभामा संयोजक पास्टर रमेश लामाले अन्तर्राष्ट्रीय नेपाली क्रिश्चियन मिडिया सञ्जालको आयोजनामा आगामी 11,12 र 13 नोभेम्बरको दिन अनलाइन नेपाली गजल लेखनमाथि कार्यशाला गरिने विषयमा जानकारी गराए। उक्त कार्यशालामा सहभागी जनाएर नेपाली गजल लेखन प्रतियेगितामा पनि सहभागिता जनाउन सकिने बताए। नेपाली गजल लेखन प्रतियोगितामा प्रथम हुनेलाई नेपाली रुपियाँ 50 हजार, दोस्रो हुनेलाई 30 हजार, तेस्रो हुनेलाई 20 हजार अनि दुईजनालाई 10-10 हजार गरेर प्रदान गरिने तिनलेजानकारी गराएका छन्।


One thought on “नेपाली क्रिश्चियन मिडियाकर्मीहरूको सञ्चारका मित्रहरूको सभा सिलगढीमा सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *