नेपाली नयाँ वर्ष 2079-को अवसरमा खरसाङमा सांस्कृतिक शोभा यात्रा

खरसाङ : नेपाली नयाँ वर्ष 2079 को अवसरमा गोर्खा सांस्कृतिक संस्थान खरसाङको आयोजनामा खरसाङमा सांस्कृतिक शोभा यात्रा आयोजना गरियो। उक्त सांस्कृतिक शोभायात्रा खरसाङको रेलवे स्टेशनबाट शुरु भएर हिलकार्ट रोड हुँदै अस्पताल मोड़ भएर पुगेर वर्द्धमान रोड हुँदै मोटर स्ट्याण्ड आएर समाप्त भयो। यसपाली खरसाङमा सबै सार्वजनिक भवनहरू खाली नभएकोले गोर्खा सांस्कृतिक संस्थान खरसाङको आयोजनामा नयाँ वर्षको आयोजनामा हुने कार्यक्रम 16 अप्रेलको दिन गरिने भएको छ। आजको शोभा यात्रामा नेपाली / गोर्खा जातीय भेषभूषामा खरसाङको विभिन्न संघ-संस्थाहरूका प्रतिनिधिहरू लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा पनि सांस्कृतिक शोभा यात्रामा उपस्थित थिए।


नेपाली नयाँ वर्ष 2079 को अवसरमा खरसाङमा निकालिएको सांस्कृतिक शोभा यात्रा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा सांस्कृतिक संस्थान खरसाङको अध्यक्षा आशा मुखिया लामाले नेपाली नयाँ वर्षको अवसरमा खरसाङमा शोभा यात्रा निकालेर जातीय एकता र एकीकरणको लागि गरिएको बताइन्। तिनले यसपाली नयाँ वर्षको अवसरमा संस्थानले गर्ने कार्यक्रम खरसाङमा सार्वजनिक भवन खाली नभएको कारणले आज गर्न नसकेर आगामी 16 अप्रेलको दिन गरिने बताएका छन् । तिनले उक्त कार्यक्रममा गोर्खा सांस्कृतिक संस्थानको पक्षमा वरिष्ठ संगीतकारहरूलाई सम्मान गरिने पनि जानकारी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *