नेपाली नयाँ वर्ष पालन गर्नेबारे खरसाङमा सभा

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समिति र गोर्खा सांस्कृतिक संस्थान खरसाङको संयुक्त तत्त्वावधानमा खरसाङमा आयोजना गरिने तीन दिवसीय नेपाली नयाँ वर्ष पालन विषयमा एउटा सभा सम्पन्न भयो। उक्त सभा भागोप्रमो खरसाङ महकुमा समितिको पार्टी कार्यालयमा नयाँ वर्ष पालन समारोह समितिको अध्यक्ष पेमेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। सभामा वक्ताहरूले आगामी 14, 15 र 16 अप्रेलको दिन खरसाङमा तीन दिनव्यापी नेपाली नयाँ वर्ष समारोह विषयमा विभिन्न सुझाव राखे भने नयाँ वर्ष पालन विषयमा चर्चा-परिचर्चा गरियो।


सभामा भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, महकुमा सचिव तथा सभासद प्रणाम रसाइली, गोर्खा सांस्कृतिक संस्थान खरसाङको अध्यक्षा आशा मुखिया लामा, नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, केन्द्रीय सदस्या जैतुन निशा खातुन, महकुमा सचिव मैया ठकुरी, भागोप्रमोको खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, सह सचिवद्वय विशाल शर्मा र एमबी घले, कोषाध्यक्ष सञ्जय प्रधान, प्रचार प्रसार सचिव दिपेन सेवा लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *