नेपाली संस्कृति जगेरा हेतु तीनधारेमा देउसी-भैलो प्रतियोगिता

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारेमा संस्कृति जगेरा हेतु देउसी-भैलो प्रतियोगिता सम्पन्न भयो। तीनधारे क्षेत्रका सातवटा संघ-संस्थाहरूलाई समेटेर आयोजना गरिएको देउसी भैलो प्रतियोगिता आज अपरान्ह तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न गरिएको छ। उक्त देउसी भैलो प्रतियोगिता कार्यक्रम मदनकुमार प्रधानको अध्यक्षतामा अनि बिक्रम मंगरको प्रमुख आतिथ्यमा सम्पन्न भयो।


उक्त प्रतियोगितामा तीनधारेको सातवटा संघ संस्थाहरूले देउसी र भैलो प्रतियोगितामा अंश ग्रहण गरेका थिए। यस प्रतियोगिताको निर्णायकको रूपमा सुरेन बम्जन, बरूण रसाईली, पूर्ण मास्के, कृष्णराज छेत्री आदि रहेका थिए। देउसी भैलो प्रतियोगिता विषयमा पत्रकारहरूसित कुराकानी गर्दै देउसी भैलो प्रतियोगिता आयोजक समितिका संयोजक सन्तोष लामा र उत्तम शर्माले विस्तृत रुपमा जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *