नेपाल जानको लागि पीसीआर टेस्ट र आधार कार्ड अनिवार्य

पानीट्याङ्की : कोरोनाको बढ्दो संक्रमणले गर्दा भारत-नेपाल माझ आवत-जावत गर्ने मानिसहरूलाई पनि निक्कै समस्या भइरहेको देखिन्छ। विशेष गरेर बढ्दो कोरोनाको प्रकोपले गर्दा भारत नेपाल सीमा क्षेत्र पानीट्याङ्कीमा भारत नेपालबीच आवत-जावत गर्ने मानिसहरूलाई कठोर रूपमा दुवै देशका सुरक्षा कर्मीहरूले जाँच गरिरहेको छ। यदि भारतबाट कुनै कामले गर्दा नेपाल जान परेको खण्डमा कोरोना टेस्ट गरेको पीसीआर 72 घण्टा भित्रको हुनु अति आवश्यक छ भने यसको साथमा आधार कार्ड पनि अनिवार्य गरिएको छ। पीसीआर र आधार कार्ड नभएका भारतीयहरूलाई नेपाल प्रवेश गर्न अनुमति नदिइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *