नेपालका खेलाडी अनन्त तामाङ आईएसएल टुर्नामेन्ट खेल्न इस्ट बेङ्गल टोलीमा सामेल

कोलकाता : इन्डियन सुपर लीग (आईएसएल)-को जारी सिजनमा खराब लयमा रहेको एससी इष्ट बेङ्गल क्लबले नेपालाका चर्चित युवा खेलाडी अनन्त तामाङ आफ्नो टीममा सामेल गरेको छ। कोलकाताको उक्त क्लबमा सामेल हुने 24 डिफेन्डर अनन्तले यस सिजनको अन्तसम्म टीममा खेल्नेछन्। इस्ट बेङ्गलमा सामेल हुनको साथै अनन्त तामाङ आईएसएल-मा खेल्ने नेपालको पहिलो खेलाडी बन्न पुगेका छन्। अनन्त नेपालको ए डिभिजन लीग-मा थ्री स्टर क्लबबाट खेल्ने गर्छन् भने तिनले नेपालको राष्ट्रिय टोलीबाट 43 वटा म्याच हालसम्म खेलिसकेका छन्। एएफसी कोटाको माध्यमद्वारा इस्ट बेङ्गलमा सामेल भएको अनन्तले अष्ट्रेलियाको टोमी स्लावको स्थान लिनेछन् भने टोमी हाल चोटले थला परेका छन्। आईएसएल-को जारी सिजनमा इस्ट बेङ्गल क्लबको जारी प्रदर्शन हालसम्म खुबै दयनीय बन्न पुगेको छ भने अहिलेसम्म खेलेको 16 वटा म्याचमा केवल एउटा म्याच मात्र जितेर 10 पोइन्टको साथ दसौँ स्थानमा रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *