नेपालका साहित्यकार अनि गोजपु-का पदाधिकारीमाझ खरसाङमा सौजन्यमूलक भेटघाट

खरसाङ: नेपालको स्रष्टा समाजका अध्यक्ष एवम् प्रतिनिधि सभाका पूर्व सांसद, बेलबारी 2, मोरङका साहित्यकार हर्कमान तामाङ अनि गोर्खा जनपुस्तकालय खरसाङका पदाधिकारीमाझ आज एउटा सौजन्यमूलक भेटघाट गोर्खा जन पुस्तकालयमा सम्पन्न भयो। उक्त सौजन्यमूलक भेटघाटको समय साहित्यकार हर्कमान तामाङले आफू यस अघि पनि यस पुस्तकालयमा नेपालका अन्य विशिष्ट व्यक्तिहरूसित आएका थिए भने त्यस समय पुस्तकालयले सम्मान जनाएको बताउँदै पुस्तकालयले दिएको सो सम्मानलाई कदर गर्दै यसपल्ट फेरि गोर्खा जन पुस्तकालयमा प्रवेश गर्ने अवसर मिलेको बताए। यस अवसरमा नेपालका साहित्यकारबाट लिखित र प्रकाशित पुस्तकसहित आफ्नै सम्पादनमा प्रकाशित साहित्य प्रधान पत्रिका गाउँबेँसीका फूलहरू अङ्क 2 दसप्रति पुस्तकालयमा प्रदान गर्दै सो पत्रिकामा गोर्खा जन पुस्तकालय विषय पनि लेखिएको जानकारी दिए। सो भेटको क्रममा गोर्खा जन पुस्तकालयबाट प्रकाशित विभिन्न पुस्तकहरूसहित पत्र पत्रिका औं स्मारिका पुस्तकालयका वर्तमान अध्यक्ष पूर्ण गुरुङ निरुपणलगायत पूर्व सभापतिद्वय तिलक शर्मा, रबिनकुमार प्रधान, वर्तमान उपाध्यक्ष प्रकाश प्रधान एवम् कार्यकारी सदस्यहरूको बाहुलीबाट प्रदान गरियो। उक्त भेटघाट कार्यक्रममा पुस्तकालयको कार्यप्रणाली विषयमा पनि चर्चा गरियो। यस अवसरमा पुस्तकालयका अध्यक्ष पूर्ण गुरुङ निरुपण‘, पूर्व अध्यक्ष तिलक शर्मा र रबिन कुमार प्रधान, उपाध्यक्षद्वय प्रकाश प्रधान र ऋषि राई लगायत कृष्ण पाण्डे, कुमार मङ्ग्राति, अरुण लामा, पासाङ लक्की शेर्पा आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *