नेपालको धनकुटा गोल्ड कप खेल्न केएफसी टोली बिहिबार नेपाल प्रस्थान गर्ने

सिलगढी (निसं):  पूर्वी नेपालको प्रतिष्ठित फुटबल टुर्नामेन्ट धनकुटा गोल्ड कप प्रतियोगितामा सिलगढीको केएफसी टोलीले मौका पाएको छ। केएफसी टोलीका प्रशिक्षकहरूसहित खेलाडीहरू आगामी 11 मईको दिन धनकुटा प्रस्थान गर्ने भएको छ। यसबारे केएफसी-का अधिकारी सुरेन प्रधानले जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार प्रमुख प्रशिक्षक दिनकर छेत्री र दुई सहायक प्रशिक्षक सञ्जय छेत्री र रोल्याण्ड सुब्बाको देख रेखमा रहेको केएफसी टीमले भर्खरै खेलिएको अधिकजसो टुर्नामेन्टमा असल प्रदर्शन गरेकै कारणले गर्दा धनकुटा गोल्ड कपमा पनि केएफसीलाई निमन्त्रणा गरिएको हो। आगामी 12 मईको दिन  प्लानिङ बोइज काठमाडौ नेपालसँग केएफसीको भिडन्त हुने भएको छ। टोलीले उक्त टुर्नामेन्टमा राम्रो खेलको प्रदर्शन गर्ने कुरामा आफु विश्वस्त रहेको सुरेन प्रधानले बताए। यसैगरी, केएफसी टोलीले एआइएफएफ-को रेजिस्टर्ड फुटबल टुर्नामेन्ट गरिमोत्सवमा पनि खेल्ने मौका पाएको छ भने यो महिनाको अन्तमा टोली पौरी गडवालमा खेल्न जाने भएको छ। यो टुर्नामेन्ट 4 जूनदेखि शुरु हुनेछ। उक्त टुर्नामेन्टमा विभिन्न नामी-दामी क्लबहरुले अंश ग्रहण गर्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *