नेपालमा तस्करी गर्न अगावै पेन्गोलिन सहित 4 जना पक्राउ

नक्सलबारी : नेपालमा तस्करी गर्न अगावै पेन्गोलिनसहित 4 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले फिरोज कान, झरिया हेमब्रम, ईक्रामूल हक र अमित बसुमाताको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा एसएसबी 41 नम्बर बटालियनका जवानहरूले नक्सलबारीको एसियन हाईवे 2 -मा अभियान चलाएर एउटा सानो वाहनलाई रोकेर छानबीन गर्दा एउटा पेन्गोलिन उद्धार गरेको बताइएको छ। घटनामा 4 जना व्यक्तिलाई पक्राउ गरेपछि बाघडुग्रा वन विभागलाई सुम्पिदिएको छ। वन विभाग सूत्रले दिएको जानकारीअनुसार असमको बारोबिसा संलग्न इलाकाबाट उक्त पेन्गोलिन ल्याएर नेपालमा तस्करी गर्ने उद्देश्य रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *