नेताजीको जन्मदिन तथा गणतन्त्र दिवस अगावै सीमामा एसएसबी-द्वारा रूट मार्च

खोरीबारी : नेताजी सुभाष चन्द्र बोसको जन्मदिन तथा गणतन्त्र दिवसभन्दा अगावै सीमामा शान्ति बनाइ राख्ने उद्देश्य लिएर एसएसबीका जवानहरूले रूट मार्च गरे। देशको महत्वपूर्ण दिनहरूलाई ध्यानमा राखेर सीमावर्ती इलाकाहरूमा विशेष नजरदारी बढ़ाउनको लागि भारत-नेपाल सीमामा एसएसबीद्वारा रूट मार्च तथा सीमा सुरक्षा कार्यक्रम चलाइरहेको छ। आज एसएसबी 41औँ बटालियनका जवानहरूले खोरीबारीको प्रसादू जोतदेखि मदनजोतसम्म लगभग 2 किलोमीटरको इलाकामा रूट मार्च गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *