नेताजीको जयन्तीमा लायन्स इन्टरनेशनल-द्वारा आवश्यकमन्द नानीहरूको लागि वनभोजको आयोजना

सिलगढी : लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 322 एफ-ले आवश्यकमन्द नानीहरूको मुहारमा खुसी ल्याउने उद्देश्य लिएर पिकनिकको आयोजना गर्यो। नेताजी सुभाष चन्द्र बोसको जन्म जयन्तीमा आज डागापुरको एउटा निजी पार्कमा लगभग 2 सय आवश्यकमन्द नानीहरूलाई लिएर पिकनिक लगायत अन्य विविध कार्यक्रमको आयोजना गरियो। यस अवधि बिहानको खाजादेखि लिएर मध्यान्ह भोजनको व्यवस्था गरियो। यसको साथै नानीहरूलाई स्कुल ब्याग र अन्य समान प्रदान गरियो भने 2 जना दिव्याङ्गलाई व्हिल चेयर पनि प्रदान गरियो। यस सम्बन्धमा लायन्स इन्टरनेशनलका डिस्ट्रिक्ट गभर्नर हेमन्त कुमार अग्रवालले भने, लायन्स इन्टरनेशनल वर्षभरिनै मानिसहरूको सेवा प्रदान गर्न प्रतिबद्ध छ। गरिब नानीहरूको अनुहारमा खुसी ल्याउने उद्देश्य लिएर आज वनभोजको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *