नेताजीको सालिगमा भत्केको सनग्लास लगाएको देखेपछि सिलगढीका सहरवासीद्वारा घटनाको निन्दा

सिलगढी : सिलगढी सहरमा गत आइतबारको दिन नेताजी सुभाष चन्द्र बसुको 125औँ जन्मजयन्ती सम्मानको साथमा पालन गरियो। यस अवसरमा सिलगढीको नेताजी मोडमा यहाँको विभिन्न राजनैतिक पार्टीका नेता तथा मन्त्रीहरूले तिनको सालिगमा माल्यार्पण गरे। तर यसको 48 घण्टा पनि राम्ररी बित्न नपाई केही दुष्कृतिहरूले तिनको सालिगमा भत्केको सन ग्लास लगाइदिएको दृश्य देखापर्यो। आज बिहान स्थानीय मानिसहरूले नेताजीको सालिगमा कसैले भत्केको सन ग्लास लगाइदिएको देखे। यसपछि यसलाई लिएर स्थानीय मानिसहरूले नेताजीको अपमान गरेको महसुस गर्दै उक्त घटनाको घोर निन्दा गर्नको साथै घटनाको आरोपीलाई पक्राउ गरेर कठोर सजाय दिइनुपर्ने माग पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *