नेताजी सुवासचन्द्र बोसको जन्मदिन खरसाङको गिध्द पहाड़मा पालन

खरसाङ: नेताजी सुवासचन्द्र बोसको 125 औं जन्म जयन्ती आज खरसाङको गिध्द पहाड़स्थित नेताजी म्युजियममा पालन गरियो। 125 औं नेताजी जयन्ती समारोह समिति गिध्द पहाड़ खरसाङको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा जीटीए चेयरम्यान अनित थापा उपस्थित थिए भने अन्य विशिष्ट अतिथिका रुपमा जीटीएको सल्लाहकार अवकाशप्राप्त कर्णल केशव राई, सूचना अनि सांस्कृतिक विभाग जीटीएका सहनिर्देशक भुपेन्द्रकान्त घिसिङ उपस्थित थिए। कार्यक्रमको शुरुमा प्रमुख अतिथि अनि अन्य अतिथिहरूको बाहुलीबाट नेताजी सुवासचन्द्र बोसको तस्वीरमा खदार्पण गरियो भने नेताजी म्युजियम अघि रहेको नेताजीको सालिगमा पनि खदार्पणसहित श्रध्दाञ्जली अर्पण गरियो। दिव्यत्तम अधिकारीले सञ्चालन गरेको तथा गोजमुमो गिध्द पहाड़ खण्ड समितिको सचिव दिपेन मोक्तानले स्वागत सम्भाषण राखेको कार्यक्रममा नेताजी म्युजियमसित सम्बन्धित तीनजना विशेष व्यक्तिलाई सम्बर्ध्दना जनाइयो। ती तीनजनामध्ये दिवंगत मोतीमाया लेप्चाकी छोरी प्रमिला लेप्चा, चौकीदार पदमबहादुर छेत्री र म्युजियमका इञ्चार्ज गणेश प्रधानलाई जीटीए चेयरम्यान अनित थापा, अवकाशप्राप्त कर्णल केशव राई, सूचना अनि सांस्कृतिक विभागको सह निर्देशक भुपेन्द्रकान्त घिसिङको बाहुलीबाट फूल गुच्छासहित शल ओढाएर सम्बर्द्धना जनाइयो। कार्यक्रममा नेताजी सुवासचन्द्र बोसको जीवनीबारे शिक्षिका प्रनिता घिसिङले प्रकाश पारिन्। कार्यक्रममा जीटीएका सल्लाहकार अवकाशप्राप्त कर्णल केशव राईले आफ्नो वक्तव्यमा नेताजी सुवासचन्द्र बोसको जीवनीबारे विविध जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes