नेताजी युथ क्लब सेभोकलाई पराजित गरेर मधुर मिलन सङ्घ मिलनमोड च्याम्पियन

कालीझोडा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कालीझोड़ा शाखाद्वारा कालीझोड़ा मैदानमा आयोजित फुटबल प्रतियोगिताको फाइनल खेल नेताजी युथ क्लब, सेभोक बनाम मधुर मिलन सङ्घ, मिलनमोड़माझ सम्पन्न भयो। निर्धारित समयसम्म दुवै टोलीले बराबरी गोल गर्न सक्षम भएपछि अन्तमा खेलाइएको ट्राइब्रेकरमा मधुर मिलन सङ्घ विजयी बन्यो। खेलमा विजयी दललाई नगद 50 हजारसहित ट्रफी अनि उपविजेता दललाई 30 हजारसहित ट्रफी उपस्थित अतिथिहरूको बाहुलीबाट प्रदान गरियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कालीझोड़ा शाखाको आयोजनामा सम्पन्न सेभेन साइड फुटबल टुर्नामेन्टको फाइनलमा कालेबुङका विधायक रूदेन सादा लेप्चा मुख्य अतिथिको रूपमा उपस्थित थिए।


यसैगरी, अन्य अतिथिहरूमा भागोप्रमो युवा शक्ति खरसाङ महकुमा समिति महासचिव विज्ञान मिश्र, युवा शक्ति केन्द्रीय समिति प्रवक्ता अनित खाती, भागोप्रमो 35 नम्बर समष्टि महासचिव पङ्कज छेत्री, मङ्पु लाब्दा समष्टि युवा शक्ति अध्यक्ष दिब्य प्रकाश बम्जन, मङ्पु लाब्दा समष्टि सहसचिव राजेन मुखिया आदि उपस्थिति रहेको थियो। फाइनल खेल अवधि कार्यक्रममा विधायक रूदेन सादा लेप्चालाई आयोजक समितिको पक्षबाट संवर्द्धना पनि जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *