नेता र ठेकादारको गठबन्धन होइन तर जनता राज ल्याउनु पर्छ : अजय एडवार्डस

दार्जिलिङ : नेता र ठेकादारको गठबन्धन होइन तर अब जनताको राज ल्याउनु पर्छ भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले सम्पूर्ण मानिसहरूलाई एक हुने आह्वान गरेका छन्। सोनादा दिलाराम अनि मार्केटसहोप चिया कमानका वासिन्दाहरूको अनुरोधमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले दिलाराम र मार्केटसहोप चिया कमानको विभिन्न क्षेत्रको परिभ्रमण गरे। यस अवधि पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया, केन्द्रीय उपाध्यक्ष रोबर्ड छेत्री लगायत केन्द्रीय नेतृत्वगण साथै स्थानीय नेतृत्वहरू उपस्थित थिए। स्थानीय सर्वजनिक भवनमा सम्पन्न सभामा मार्केटसहोप चिया कमानका धेरैजनाले हाम्रो पार्टीको झण्डा समाए। तिनीहरूलाई पार्टी अध्यक्ष अजय एडवार्डसले पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे। यस अवधि पत्रकारहरूसितको कुराकानीमा अध्यक्ष अजय एडवार्डसले भने, नेता र ठेकादार माझको गठबन्धनले पहाडलाई कुनै प्रकारको फाइदा नभएर केवल नोक्सान मात्र भएको छ। यसकारण अब नेता र ठेकादारको गठबन्धन होइन तर अब तपाईं हामी एक भएर जनताको राज ल्याउनु पर्छ। तिनले दार्जीलिङ नगरपालिकामा जनताको राज आएको दावी गर्दै अब हुने जीटीए चुनाउमा तपाईं हामी एक भएर लाल कोठीमा पनि जनताको राज ल्याउनु पर्छ भनि सबैसित अपिल गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *