नेताजीको जन्मजयन्तीको उपलक्ष्यमा रक्तदान एवम् स्वास्थ्य जाँच शिविर

खोरीबारी : नेताजी सुभाषचन्द्र बोसको जन्मजयन्तीको उपलक्ष्यमा बुरागञ्ज अञ्चल तृणमूल युवा कङ्ग्रेसको तर्फबाट खोरीबारी ब्लक अन्तर्गत पर्ने बुरागञ्ज क्षेत्रसिंह प्राथमिक विद्यालयमा रक्तदान शिविर एवम् स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा सुगर टेस्ट, ब्लड टेस्ट, कोरोना टेस्ट र लिभर टेस्टको व्यवस्था गरिएको छ।


यसबाहेक रक्तदान शिविरमा धेरैजना मानिसहरू रक्तदान गर्नको लागि अघि आए। यस अवसरमा खोरीबारी युवा तृणमूल अध्यक्ष किशोरी मोहन सिंह, अञ्चल युवा अध्यक्ष जयन्त एक्का, छात्र चेयरम्यान अरिजीत देवनाथ, प्रदीप मिश्रा लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *