नेवार विकास एवम् संस्कृति विकास बोर्डको हल्लनेमा सभा

मिरिक : नेवार विकास एवम् संस्कृति विकास बोर्डद्वारा गरिएको विकास कार्यबारे हल्लने गाउँमा आज एउटा महत्त्वपूर्ण सभाको आयोजना गरियो। उक्त सभामा हिल टीएमसी अध्यक्ष एलबी राई मुख्य रूपमा उपस्थित थिए। सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै हिल टीएमसी अध्यक्ष एलबी राईले मिरिकको सर्वाधिक नेवार समुदायको बसोबास रहेको हल्लने र खप्तवली गाउँमा विकास बोर्डको घरहरू, होम स्टे लगायत सार्वजनिक घरहरूको मरमति गर्न विकास बोर्ड प्रतिबद्ध रहेको बताए। यता विकास बोर्ड चेयरम्यान सुनिल प्रधानले उल्लेखित गाउँहरू लगायत तराई क्षेत्रको नेवार जातिको उत्थानको निम्ति कार्य गर्न बोर्ड प्रतिबद्ध रहेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *