नेवार बोर्डले निर्माण गरेको घरको उद्घाटन

मिरिक: मिरिक महकुमाको थर्बु नौ माइल गाउँमा पश्चिम बङ्गाल नेवार विकास एवम् सांस्कृतिक बोर्डले निर्माण गरिदिएको अरूणा प्रधानको घर आज नेवार बोर्डका चेयरम्यान सुनिल प्रधानले रिबन काटेर उद्घाटन गरे। नेवार प्रधान कल्याण एसोसिएशन मिरिक महकुमा सचिव कुशल प्रधानले बोर्ड मार्फत घर निर्माण गरिदिएकोमा बोर्ड अनि संगठनप्रति अरूणा प्रधानले आभार प्रकट गरेका छन्। तिनले दिएको जानकारी अनुसार बोर्डमार्फत मिरिक महकुमा क्षेत्रमा हालसम्म धेरैवटा घरहरू निर्माण भइसकेको छ। आज उद्घाटन गरेपछि उक्त नयाँ घर अरूणा प्रधानलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *