नेवारी समुदायद्वारा क्वाँटी पूर्णिमा उत्सव 2022 पालन

सिलगढी : नेवारी समुदायद्वारा आज सिलगढीको सालबारीमा क्वाँटी पूर्णिमा उत्सव 2022 पालन गरियो। उक्त उत्सवमा प्रमुख अतिथिका रूपमा गणेश प्रधान उपस्थित थिए। यसबाहेक जीटीएका सदस्य कल्पना प्रधान, मेथीबारी पञ्चायत सदस्य राजेश प्रधान, अवकाशप्राप्त कर्नल सञ्जय मणि प्रधान आदि प्रमुख रूपमा उपस्थित थिए। आज हिन्दूहरूले पालन गर्ने रक्षा बन्धनको दिन नेवारी समुदायकाहरूले क्वाँटी पूर्णिमा पालन गर्ने गर्दछन् भने यो नेवारी समुदायको एउटा प्रमुख चाँड हो। आजको दिनमा विशेष गरेर नेवारी समुदायका मानिसहरूले अधिक मात्रामा प्रोटीन भएको 9 वटा दाल मिसाएर तयार गरेको क्वाँटी पकवान खाने गर्दछन्। कार्यक्रममा माध्यमिक र उच्च माध्यमिक परीक्षामा अव्वल दर्जामा उर्तीण भएका विद्यार्थीहरूलाई संवर्द्धना जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *