न्यु जलपाईगढी-हल्दीबाड़ी लोकल ट्रेन चलाचल शुरू, भाड़ामा दुई गुणा बढोत्तरी

जलपाईगढी : लगभग एक वर्षपछि आजदेखि न्यु जलपाईगढी-हल्दीबाड़ी लोकल ट्रेनको चलाचल शुरू भए तापनि ट्रेनको भाडा दुई गुणा भएकोले यात्रीहरूले क्षोभ प्रकट गरे। रिजर्भेसनको काउन्टरमा फारम भरेर दुई गुणा भाडा दिएर ट्रेनको टिकट किन्न परेको बताइएको छ। यस नियमलाई परिवर्तन गर्नुपर्ने मागमा लोकल यात्रीहरूले जलपाईगढी टाउन स्टेशनको मुख्य गेट अघि विरोध प्रदर्शन गरे। यात्रीहरूले बताएअनुसार पहिला लोकल ट्रेन टिकटको मूल्य 10 रुपियाँ थियो भने हाल यसको मूल्य बढाएर 25 रुपियाँ गरिदिएको छ। रिजर्भेसनको काउन्टरमा फारम भरेर टिकट लिन परेकोले गर्दा निक्कै समस्या हुने गरेको तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *