न्यु जलपाईगढीदेखि दार्जिलिङसम्मको टोय ट्रेन परिसेवा 6 सेप्टेम्बरसम्म बन्द रहने

खरसाङ (निसं) : न्यु जलपाईगढीदेखि दार्जिलिङसम्मको टोय ट्रेन परिसेवा आगामी 6 सेप्टेम्बरसम्म बन्द रहने सूचना प्राप्त भएको छ। सिलगढी र दार्जिलिङमा केही दिनदेखि परेको अविरल वर्षाको कारण तीनधारेको 17 माइलमा गएको पैह्रोले गर्दा टोय ट्रेन परिसेवा अवरुद्ध भएको छ। आज तीनधारेको 17 माइलमा गएको पैह्रो सफा गर्ने कार्य गरिएको छ भने पैह्रो सफा गरेर ट्रेनको बाटो खोल्नलाई अझै समय लाग्न सक्ने देखिएको छ। स्मरण रहोस्, गत बिहिबार तीनधारेको 17 माइलमा गएको पैह्रोको कारणले ट्रोय ट्रेन परिसेवा हाल बन्द अवस्थामा रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *