न्यु भिजन तीनधारेको अनित थापालाई समर्थन

खरसाङ : न्यु भिजन तीनधारेको एक सभा तीनधारेको क्रिकेट बजारस्थित एसएसके भवनमा साईमन राईको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा न्यु भिजन तीनधारेद्वारा अनित थापालाई नै साथ र समर्थन गर्ने निर्णय लिएको छ। उक्त सभापछि न्यु भिजनको संयोजिका सिर्जना तामाङले पत्रकारहरूसित कुराकानी गर्दै चुनाउको समयमा गोजमुमो दुईको लागि पार्टीगत रुपमा तीनधारे- महानदी समष्टीका शिक्षित युवाहरूलाई लिएर न्यु भिजन विथ तीनधारे गठन गरेको र अहिलेसम्म उक्त संगठनले पार्टीगत रुपमा कार्य गरिरहेको बताउँदै हालैमा पार्टीको अध्यक्षको पदबाट बिनय तामाङले राजीनामा दिएपछि केन्द्रीय समितिद्वारा अनित थापालाई कार्यकारी अध्यक्षको रुपमा चयन गरेकोमा आफुहरूको पूर्ण रुपमा सहमति र समर्थन रहेको बताएका छन्। यो संगठन 8 महिना अघि गठन गरेर शिक्षित बेरोजगार युवा तथा भाइ-बहिनीहरूलाई लिएर कार्य गरिरहेको बताउँदै तिनले आफुहरू अनित थापाको अगुवाईमा अघि बढ़न सहमत रहेको साथै तिनलाई पार्टीको पूर्ण अध्यक्षको रुपमा हेर्न चाहेको छौ भनी बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *