एनएफ रेलवे इम्प्लोइजद्वारा खरसाङको रेलवे स्टेशन परिसरमा विरोध प्रदर्शन

खरसाङ (निसं) : एनएफ रेलवे इम्प्लोइज युनियन खरसाङ शाखाको आयोजनामा आज खरसाङको रेलवे स्टेशन परिसरमा विरोध प्रदर्शन गरियो। उक्त विरोध प्रदर्शन रेलवेको निजीकरण लगायत रेलवेद्वारा रिक्त रहेको पदहरूमध्ये 50 प्रतिशत पदहरूलाई रद्द गरिएको साथै खरसाङ रेलवे स्टेशनमा रहेको स्टेशन मास्टरको रुम र खरसाङस्थित रेलवे मजदुर युनियनको कार्यालय पनि निजीकरण गरी निजी कम्पनीलाई दिनलाई टेण्डर गराइएको छ भन्दै एनएफ रेलवे इम्प्लोइज युनियन खरसाङ शाखाका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन्। त्यसरी नै दार्जिलिङ हिमालयन रेलवेको तीनधारेस्थित कारखानामा पनि 50 प्रतिशत पदहरू घटाएको तिनीहरूको आरोप रहेको छ। एनएफ रेलवे इम्प्लोइज युनियनका सदस्यहरूले नाराबाजी गर्दै हातमा प्ला कार्डहरू लिएर रेलवेले दिशा निर्देशन जारी गरेर थालेको कार्यप्रति विरोध जनाए। यस विरोध प्रदर्शन विषयमा बोल्दै एनएफ रेलवे इम्प्लोइज युनियन खरसाङ शाखाको सचिव विशाल मुखियाले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *