एनएफ रेलवे एम्प्लोइज युनियन-द्वारा कर्मचारीहरूलाई सुरक्षा सामग्री वितरण

सिलगढी एनएफ रेलवे एम्प्लोइज युनियनको एनजेपी शाखाको तर्फबाट आज एनजेपी रेलवे स्टेशनको सबै कर्मचारीहरूलाई पञ्जा, माक्स र सेनिटाइजर वितरण गरियो। एनएफ रेलवे एम्प्लोइज युनियनको एनजेपी शाखाका अध्यक्ष रञ्जय चन्दले बताएअनुसार कोरोना महामारीको समयमा पनि रेलवे कर्मचारीले निष्ठापूर्वक आफ्नो कार्य गरिरहेका छन्। यसैले तिनीहरूको सुरक्षालाई ध्यानमा राखेर आज रेलवे कर्मचारीहरूलाई सुरक्षा सम्बन्धी आवश्यक सामग्रीहरू वितरण गरियो। यस अवसरमा एनएफ रेलवे एम्प्लोइज युनियनका सेन्ट्रल अर्गेनाइजेशनका सचिव प्रबीर देव, भास्कर तर लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *