एनएफ रेलवे मजदुर युनियनद्वारा रक्तदान शिविर

सिलगढी: रगतको समस्यालाई ध्यानमा राखेर एनएफ रेलवे मजदुर युनियनको एनजेपी शाखाको तत्वावधानमा आज रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा 150 युनिट रक्त संग्रहको लक्ष्य राखेको आयोजक सूत्रले जनाएको छ। संग्रहित रगत उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पताल अनि सिलगढीको एउटा निजी ब्लड ब्याङ्कमा पठाइने छ। उक्त शिविरमा एनएफ रेलवे मजदुर युनियनको एनजेपी शाखाका एजीएस परितोस पाल, सङ्गठन शाखा सचिव सौम्यदीप कर्मकार अनि सल्लाहकार समितिका सदस्य उत्पल दत्त आदि प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *