एनएफ रेलवे मजदुर युनियन एनजेपी शाखाद्वारा विविध मागमा अनशन

सिलगढी : नयाँ पेन्सन स्किम रद्द गरिनुपर्ने, कोरोनाकालको बकाया डीए लगायत विविध माग गर्दै अल इन्डिया रेलवे फेडरेसनले देशभरिमै आन्दोलन गरिरहेको छ। विभिन्न राज्यहरूमा झैँ यता सिलगढीमा पनि आज एनएफ रेलवे मजदुर युनियन एनजेपी शाखाको तर्फबाट समर्थकहरू आधा दिनको लागि अनशनमा बसेका छन्। यस विषयमा संगठनका शाखा सचिव सौम्यदीप कर्मकारले भने, केवल पेन्सन स्किम रद्द गरिनुपर्ने अथवा डीए होइन तर श्रमिक विरोधी सबै कार्यहरूको विरोध जनाउँदै आज आफूहरूले आन्दोलन गरेको हो। आफूहरूको माग पुरा नभएको खण्डमा आमरण अनशन गर्ने तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *