एनएफ रेलवे पेन्शनर्स एसोसिएशनको वार्षिक सम्मेलन

सिलगढी : एनएफ रेलवे पेन्शनर्स एसोसिएशनको 11औँ द्वी-वार्षिक सम्मेलन आज गेटबजार संलग्न रेलवे पेन्शनर्स कार्यालयमा सम्पन्न भयो। सिलगढीका विधायक तथा सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यले यस सम्मेलनको उद्घाटन गरे। यस सम्मेलनमा लगभग 4 सय प्रतिनिधिहरू सामेल थिए। सम्मेलनमा वक्ताहरूले केन्द्र सरकारद्वारा लागू गरिएको सीएए अनि एनपीआर-को विरोध जनाउनको साथै पेन्शनलाई लिएर केन्द्र सरकारको गलत नीतिहरूको पनि तिनीहरूले विरोध जनाए। यस अवसरमा संगठनका अध्यक्ष विमलेन्दु चक्रवर्तीलगायत अन्य शीर्ष नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *