एनजीसी प्रतिनिधि टोलीका सदस्यहरूले राज्यपालसित भेटेर गरे गोर्खाल्याण्डको माग

दार्जिलिङ : नेशनल गोर्खाल्याण्ड कमिटीको एउटा प्रतिनिधि टोलीले आज पश्चिम बङ्गालका राज्यपाल जगदीप धनखड़सित भेट गरेर गोर्खाल्याण्ड राज्य निर्माणको माग गर्यो। दार्जिलिङ, तराई डुवर्स क्षेत्रलाई लिएर अलग राज्य गोर्खाल्याण्ड निर्माण गरिनुपर्ने प्रतिनिधि टोलीले राज्यपाल समक्ष माग राखे भने यदि अलग राज्य हाल सम्भव नभए केन्द्र शासित प्रदेशको गठन गरिनुपर्ने विकल्पको रूपमा माग राखेको बताइएको छ। उक्त प्रतिनिधि टोलीमा नेशनल गोर्खाल्याण्ड कमिटीका उपाध्यक्ष तथा पूर्व विधायक त्रिलोक देवान, उदय कुमाई, डा. केबी योगी र प्रभाकर देवान उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *