एनएच 55 अन्तर्गत दार्जिलिङ मोड़देखि दार्जिलिङसम्मको ठेकेदार संगठनको नयाँ समिति गठन

खरसाङ : एनएच 55 अन्तर्गत सिलगढीको दार्जिलिङ मोड़देखि दार्जिलिङसम्मको ठेकेदार संगठनका प्रतिनिधिहरूलाई लिएर राजेश लामाको अध्यक्षतामा एउटा सभा सम्पन्न भयो। सभामा संगठनको पूर्व सभापति र सचिवद्वारा आफ्नो कार्यकाल अवधिका विवरणहरू प्रस्तुत गरे। यसपछि संगठनलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानलाई एनएच 55 अन्तर्गत दार्जिलिङ मोड़देखि दार्जिलिङसम्मको ठेकेदार संगठनहरूलाई लिएर नयाँ कार्यकारी समिति गठन गरियो। उक्त नयाँ समितिमा सभापति रबि प्रधान, उप सभापति रमेश लिम्बु र प्रेमकुमार प्रधान, सचिव नितीन छेत्री, सहसचिव सदिप राई र महेश छेत्री (छोटा), कोषाध्यक्ष डिङ्कु गुरुङ र सुनिल छेत्री, संरक्षकमा अशोक अग्रवाल, राजेश लामा, सल्लाहकारमा सेवान देवान, बबी प्रधान, रोशन तामाङ, किशोर छेत्री, समीर छेत्री, निलम छेत्री चयन भएका छन्। त्यसरी दार्जिलिङ मोड़देखि दार्जिलिङसम्मका विभिन्न क्षेत्रका प्रतिनिधिहरू सदस्यको रुपमा पनि चयन गरिएको छ। सभामा नवगठित संगठनको सभापति रबि प्रधानले सबैलाई संगठनको लागि आगामी दिनमा एक भएर कार्य गर्ने आह्वान् गर्दै उपस्थित सबैलाई धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *