एनएचपीसी-को आयोजनामा रक्तदान शिविर

रम्बी: एनएचपीसी रम्बीको आयोजनामा आज स्थानीय एनएचपीसी डिस्पेनसरी भवनमा रक्तदान शिविरको आयोजना गरियो। आजको रक्तदान शिविरमा एनएचपीसी-मा कार्यरत् रम्बी अनि कालीझोडाका सीआईएसएफ-का जवानहरु साथै एनएचपीसी-का कर्मचारीहरूले  स्वेच्छा रगत दान गरे। शिविरमा संग्रहित मोठ 47 युनिट रगत कालेबुङ ब्लड ब्याङ्कलाई प्रदान गरियो। आजको रक्तदान शिविर कार्यक्रममा एनएचपीसी मुख्य अभियन्त प्रभारी एके ग्रोबर, सीआईएसएफ युनिट एसिटेन्ट कमान्डेन्ट अनिल गौड लगायत एनएचपीसी-का डाक्टर अनि स्वास्थ्य कर्मीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *