निद्रा लाग्ने औषधी तस्करी गरेको आरोपमा युवक पक्राउ

फालाकाटा : निद्रा लाग्ने औषधीको तस्करी गर्न अगावै फालाकाटा पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक राहुल दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार फालाकाटाको धुपगढी मोड़ इलाकाको माछा बजार अघिबाट पुलिसले उक्त युवकलाई पक्राउ गरेको हो। एउटा ब्यागमा 146 प्याकेट निद्रा लाग्ने औषधी बोकेर उक्त युवक फालाकाटाबाट धुपगढीतर्फ गइरहेका थिए। उक्त युवकले ती औषधीहरू धुपगढीमा तस्करी गर्ने योजना रहेको बताइएको छ। पक्रा परेका युवकलाई जलपाईगढीको विशेष नारकोटिक्स अदालतमा पेश गरिनेछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *