निजी ब्याङ्कको तर्फबाट स्वास्थ्य विभागका कर्मचारीहरूलाई सम्वर्द्धना

सिलगढी: सिलगढीको एउटा निजी ब्याङ्कको तर्फबाट स्वास्थ्य विभागका कर्मचारीहरूलाई सम्वर्द्धना जनाइयो। यस अवधि स्वास्थ्य कर्मीहरूसित कोरोना संक्रमण रोगबाट स्वस्थ्य भएका कर्मीहरू पनि उपस्थित थिए। ब्याङ्कको तर्फबाट बताए अनुसार कोरोनाको महामारीको समयमा हाल जुन प्रकारले स्वास्थ्य कर्मीहरूले काम गरिरहेका छन् वास्तवमा त्यो साँच्चै सराहनीय छ। यसै कुरालाई ध्यानमा राकेर आज केही स्वास्थ्य कर्मचारीहरूलाई सम्मानित गरिएको ब्याङ्कका एकजना अधिकारीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *