नीजि शैक्षिक संस्थानहरूमा बढ्दो महँगाईबारे चाँडै बैठक गर्ने : मन्त्री पार्थ च्याटर्जी

दार्जिलिङ : राज्यको नीजि शैक्षिक संस्थानहरूमा महँगाई बढिरहेको विषयलाई लिएर चाँडै बैठक गर्ने राज्यका शिक्षा विभागीय मन्त्री पार्थ च्याटर्जीले आज जानकारी गराएका छन्। दार्जिलिङको चौरस्तामा आयोजित शेर्पा कल्चरल विकास बोर्डको पाँचौँ स्थापना दिवस कार्यक्रम तथा शेर्पा समुदायको ल्होछार पर्वको अवसरमा प्रमुख अतिथिका रूपमा शिक्षा मन्त्री पार्थ च्याटर्जी उपस्थित थिए। तिनको आगमनलाई लिएर आज दार्जिलिङ सहरको चोक बजारमा नीजि शैक्षिक संस्थानहरूमा बढ्दो महँगाईलाई लिएर निमुखा जनताको नाममा व्यापक पोस्टरहरू टाँसिएको थियो। यसैलाई केन्द्र गरेर शिक्षा मन्त्रीले अब चाँडै नीजि शिक्षा संस्थानहरूमा बढिरहेको महँगाईलाई लिएर कुराकानी गर्ने बताए।

तिनले केन्द्रको भाजपा सरकारको कतिपय नीतिहरूको खुलेर विरोध गर्दै देशको संविधानअनुसार सबै धर्म, जातिका मानिसहरू एक हुनु भनी बताए। धर्म तथा जातको राजनीति गरेर मानिसहरूलाई एकाअर्कासँग दूरत्व बढाउनु राम्रो नरहेको पनि तिनले बताए। कार्यक्रममा प्रमुख अतिथिको रूपमा अंश ग्रहण गर्न आएका राज्यका शिक्षा मन्त्री पार्थ च्याटर्जीलाई शेर्पा कल्चरल विकास बोर्डका चेयरम्यान तथा अन्य कार्यकर्ताहरूले दार्जिलिङमा आज भव्य रूपमा स्वागत जनाए। यस अवसरमा गोजमुमो 2-का अध्यक्ष विनय तामाङलगायत विभिन्न बोर्डका चेयरम्यानहरू पनि प्रमुख रूपमा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştarafbetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetbetsalvador girişgameofbetbetsalvadorpalacebetbetgit girişpalacaebetbetgitgameofbet girişgameofbet girişgameofbetgameofbetgrandpashabet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetbetsalvadorcasibomgrandpashabetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes