निजी स्कुलहरूको फीस माफ गर्ने मागमा जिल्ला तृणमूल-द्वारा ज्ञापन

सिलगढी : निजी स्कुलहरूको फीस माफ गर्ने मागमा जिल्ला तृणमूल कांग्रेसले एउटा निजी स्कुल ज्ञापन पत्र चढायो। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष रञ्जन सरकार उपस्थित थिए। कोरोना महामारीको समयमा काम बन्द भएकोले गर्दा स्कुलको फीस तिर्न नसक्ने परिवारका विद्यार्थीहरूलाई फिस माफ गरिदिने माग गरिदिने उक्त ज्ञापनमा उल्लेख गरेको छ। रञ्जन सरकारले बताएअनुसार स्कुलका अधिकारीले यस विषयमा विचार गरेपछि मात्र निर्णय लिइनेछ। यसभन्दा अघि पनि तिनीहरूले स्कुलको फीस कम्ती गर्ने साथै बस भाडा कम्ती गर्ने मागमा आन्दोलन गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.