निखोज आरोपी देवाशीष दास पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले हिजो निखोज देवाशीष दास नाम गरेको दुष्कृतिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारीअनुसार गत नोभेम्बर 2020-मा एनजेपी थाना पुलिसले सिलगढी फुलबारीको चुनाभट्टी इलाकाबाट हतियारसहित 3 जना दुष्कृतिलाई पक्राउ गरेको थियो भने एकजना दुष्कृति भाग्न सफल भएका थिए। पुलिसले धेरै दिनदेखि उक्त व्यक्तिको खोजी गरिरहेको थियो भने हिजो मतिगढा निवासी देवाशीष दासलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी व्यक्ति बाड़ीभाषामा लुकेर बसेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले उक्त इलाकामा अभियान चलाएर निखोज आरोपी देवाशीष दासलाई पक्राउ गरेको साथै आरोपी व्यक्ति विभिन्न असामाजिक गतिविधिहरूमा सामेल रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *