निखोज व्यक्तिको टिस्टा क्यानलमा खोजी शुरू

राजगञ्ज : होलीको दिन अर्थात गत 10 मार्चदेखि निखोज भएका राजगञ्ज साहुडाङ्गीको नवापाडा निवासी दिलीप देवनाथको हिजो टिस्टा क्यानलको किनारमा लुगाफाटा फेला परेपछि पुलिसले आज टिस्टा क्यानलमा तिनको खोजी शुरू गरेको छ। गत 10 मार्चदेखि दिलीप देवनाथ निखोज भएपछि तिनका परिवारका सदस्यहरूले आफन्त तथा छेउछाउका ठाउँहरू खोजी गरे तापनि तिनको कुनै पत्तो नलागेको बताइएको छ। हिजो देवनाथको घरदेखि केही टाढा टिस्टा क्यानल पारि तिनको प्यान्ट भेट्टाएपछि परिवारका सदस्यहरूले आमबारी पुलिस आउटपोस्टमा  तिनी निखोज भएकोबारे अभियोग दर्ता गरे। अभियोगको आधारमा आज टिस्टा क्यानलमा पुलिस र गोताखोर टोलीले तिनको खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *