निखोज दुईजना किशोर उत्तर प्रदेशको नोएडाबाट उद्धार

राजगञ्ज : पुलिसले उत्तर प्रदेशको नोएडबाट दुईजना निखोज किशोरलाई उद्धार गरेको छ। स्मरण रहोस्, गत 20 फरवरीमा राजगञ्जको कुकुरजान निवासी तारिफ हुसेन र मैनागढीको अस्पतालपाड़ा निवासी विजय विश्वास निखोज भएका थिए। ती दुईजना सोशल मीडियाको माध्यमद्वारा साथी बनेपछि गत  20 फरवरीको दिन ती दुई साथी जलपाईगढी गएको भनरे घरबाट निस्केपछि निखोज भएका थिए। यस सम्बन्धमा परिवारका सदस्यहरूले थानामा अभियोग दर्ता गरेपछि जाँचमा जुटेका पुलिसले राजगञ्ज थानाको एसआई मन्सुरुद्दीनको नेतृत्वमा उत्तर प्रदेशको नोएडाबाट ती दुई किशोरलाई उद्धार गरेको बताइएको छ। उद्धार गरेको यी दुईजना किशोर पहिला कोलकाताको सियालदाह पुगेपछि त्यहाँबाट उत्तर प्रदेश गएर त्यहाँको नोएडा सेक्टर 5 मा रहेको एउटा होटलमा काम गर्दै थिए। उद्धार गरेको यी दुईजना किशोरलाई भोलि शुक्रबार जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *