निखोज दुई नाबालिक घर फर्किएपछि परिवारमा खुशीको माहौल

राजगञ्ज : लगभग एक वर्ष अघि निखोज भएका दुईजना नाबालिक घर फर्किआएका छन्। राजगञ्ज आमबारी इलाकाको गधेयागछका निखोज दुई नाबालिक घर फर्केर आएपछि तिनका परिवारका सदस्यहरू निक्कै खुसी भएका छन्। ग्रीन जलपाईगढी नाम गरेको एउटा स्वयम्‌सेवी संगठनले आज ती दुई नाबालिकलाई तिनका परिवारका सदस्यहरूलाई सुम्पिदिए। प्राप्त जानकारी अनुसार गधेयागछको फुलचन उराव र तिनकी स्वास्नी फुकुमनी चियाकमानका श्रमिक हुन्। तिनका चार छोरा र दुई छोरी छन् भने तीमध्ये दुईजना छोरा जय प्रकाश उराव (12) र आशिक उराव (10) गत वर्ष मार्च महिनादेखि निखोज थिए। परिवारका सदस्यहरूले धेरै ठाउँहरूमा तिनीहरूको खोजी गरे तापनि कुनै पत्तो लागेन। ग्रीन जलपाईगढीका महासचिव अङ्कुर दासले बताएअनुसार केही दिनअघि झारखण्डमा धनबादको बाल कल्याण कमिटीले जलपाईगढीका दुईजना नाबालिक गत वर्ष 22 मार्चदेखि कमिटीको होममा बस्दै आइरहेका थिए भने तिनीहरूलाई आफ्नो घर पुर्‍याउनको लागि कमिटीले सहयोग मागेको अङ्कुर दासले बताए। धेरै प्रयासपछि ती नाबालिकको ठेगाना थाहा पाएपछि संगठनका अध्यक्ष माजिद आलम तिनीहरूलाई लिन धनबाद गएर। धनबादबाट ती दुई नाबालिकलाई जलपाईगढी ल्याइपुराएपछि आज परिवारका सदस्यहरूलाई सुम्पिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *