निखोज नाबालिकाको मृतदेह उद्धार गरेको घटनालाई लिएर मतिगढामा विक्षोभ

सिलगढी : मतिगढा थानाअन्तर्गत खोलाय बोक्तारी इलाका निवासी निखोज भएकी नाबालिकाको रहस्यमय ढङ्गमा मृतदेह उद्धार गरेपछि पुलिसको लापर्वाहीको आरोप लगाउँदै भाजपा युवा मोर्चाको सिलगढी सांगठनिक जिल्ला मतिगढा मण्डल कमिटीको तर्फबाट आज विरोध प्रदर्शनी गरियो। उक्त कमिटीले आज मतिगढा थानामा अघि विरोध प्रदर्शनी गर्नको साथै मतिगढा बजारको सडक अवरोध गरेर विरोध प्रदर्शनी गरे। प्राप्त जानकारीअनुसार गत 5 फरवरीको दिन उक्त नाबालिका निखोज भएकी थिइन्। यसपछि परिवारका सदस्यहरूले थानामा यसबारे अभियोग दर्ता गर्न गए तापनि पुलिसले अभियोग दर्ता गर्न अस्वीकार गरेको बताइएको छ। गत 7 फरवरीको दिन नौकाघाट महानन्दा नदी छेउ मैदानबाट नाबालिकाको मृतदेह उद्धार भएको थियो। यसैले आज भाजपाको तर्फबाट उक्त घटनाको प्रतिवाद जनाउँदै थाना अघि विक्षोभ प्रदर्शन गर्दै घटनाको दोषीलाई पक्राउ गर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *