निलनलिनी विद्या मन्दिर स्कुलमा शिक्षक दिवस पालन

सिलगढी : सिलगढी निलनलिनी विद्यामन्दिर स्कुलमा आज शिक्षक दिवस मनाइयो। यसको साथै अवकाशप्राप्त शिक्षक-शिक्षिका तथा शिक्षाकर्मीहरूलाई संवर्द्धना जनाइयो। यस अवसरमा सिलगढी नगरनिगमका प्रशासक गौतम देव, दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम, प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


प्रशासक गौतम देवले निलनालिनी विद्या मन्दिर स्कुल अघि सर्वपल्ली डा. राधाकृष्णनको सालिगमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यसपछि दीप प्रज्ज्वलन गर्नको साथै राधाकृष्णनको तस्विरमा फुल चढ़ाएर कार्यक्रमको शुरुआत गरियो। कार्यक्रमबीच शिक्षक-शिक्षिका तथा शिक्षाकर्मीहरूलाई संवर्द्धना जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *